आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विपत्ति

सिन्धुपाल्चोक पहिरोमा बेपत्तामध्ये नौ जनाको शव फेला

भदौ २८, काठमाडौं । बाह्रबीसे नगरपालिका-७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नाै जनाको शव फेला परेको छ । शव फेला परेकाहरुमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।

यसैगरी सभामुख अग्नि सापकोटा आइतबार सुरक्षाकर्मीसहित घटनास्थल पुगेर स्थानीयको अवस्था र उद्धारकार्यबारे जानकारी लिएका छन् । बाह्रबीसे नगरपालिका-७ मा राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । पहिरोमा परि अझै २२ जना बेपत्ता छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू