मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार

अब पीसीआर परीक्षण शुल्क २ हजार भन्दा बढी लिन नपाइने

भदौ २८, काठमाडौँ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो ।

यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उनले बताए । आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ ।

काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना भाइरस कोभिड९१९ बाट थप ९ जनाको मृत्यु भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू