मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार विश्व

अमेरिकी म्यागाजिनको दावी, गलवानमा ६० जना चीनीया सेनाको मृत्यु

भाद्र २९, काठमाडौं । अमेरिकी म्यागाजिन ‘द न्युज वीक’ले १५ जुनमा भएको गलवान घाँटीमा भारतीय र चीनीया सेना बिच भएको झडपमा ६० भन्दा धेरै चीनीया सेनाको मृत्यु भएको दावि गरेको छ ।

म्यागाजिनका अनुसार भारतीय सेनाको पराक्रम देखिने डरले चीनीया जनमुक्ति सेनाले आफ्ना सैनिक मारिएको घटना लुकाएको थियो । सैनिक मारिएको घटना लुकाएको सम्वन्धमा धेरै चीनीया पूर्व सैन्य अधिकारीहरु असन्तुष्ट भएका समाचार पनि आएका थिए ।

जनमुक्ति सेनाको विफलता पछि तथ्य चीन सेनाको हौसला बढाउन भारतमाथी ठूलै आक्रमणको तयारीमा रहेको समेत भारतीय सञ्चारमाध्यम जि न्यूजको अनलाईन संस्करणमा उल्लेख गरिएको छ ।

पछिल्लो समय भारतीय सेनाले गलवान वरपरका रणनीतिक महत्वका अग्ला पहाडहरुमा आफ्नो पकड बलियो बनाए पछि चीनीया सेना प्रतिष्ठा जोगाउन आक्रमणको प्रयासमा रहेको र उसका प्रयासहरु लगातार असफल बनाउँदै आएको सैन्य स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू