मङ्लबार, जेष्ठ ४, २०७८
अर्थ र विकास प्रमुख समाचार

उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर बन्ने

प्रतिकात्मक तस्विर

भदौ ३०, काठमाडौं । काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको छ ।
थानकोट (निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ भनें बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुनेछ । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुनेछ भनें यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने स्पष्ट पार्नुभयो ।

त्रिपुरेश्वर-थापाथली-माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चापलाई कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका) ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाई ओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाई ओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू