बुधबार, असार २, २०७८
उपत्यका प्रमुख समाचार

काठमाडौं उपत्यकामा आज ६७६ जना कोरोना संक्रमित थपिए

भदौ ३०, काठमाडौं । काठमाडौं उपत्यकामा आज ६७६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १०,५८१, भक्तपुरमा १,११७ र ललितपुरमा १,२२६ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १२,९२४ पुगेको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या १,०६२ छ । सोमबार ८७९ जना निको भएका थिए । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १५,७७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए ।

प्रारम्भ खबर

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू