आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विश्व

चीनसँग सिमा विवाद छैन भन्ने मन्त्रीले अब के भन्लान् ?

असोज ७, काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ । उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

नेपाल-चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

केही समय पहिले चीनले पनि नेपालको सिमा मिचेको समाचार प्रकाशन हुँदा चीनसँग कुनै सिमा विवाद नभएको भन्दै मन्त्रीस्तरबाटै खण्डन गरिएकोमा नयाँ विवाद पछि सरकारले के प्रतिक्रिया देला भन्ने सर्वत्र चासो रहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू