बुधबार, असार २, २०७८
प्रमुख समाचार प्रेरक व्यक्तित्व राष्ट्रिय

जनताको डाक्टर डा. गोविन्द केसीको माग पूरा गर

असोज ७, काठमाडौं । सादा जिवन बिताउने, गरिवलाई सहज उपचार पाउनु पर्ने माग गरेर पटक पटक अनशन गर्दै आएका डा. गोविन्द केसीले जुम्लामा पुगेर १९ औँ सत्याग्रह शुरु गरेको आज १० दिन भईसकेको छ । त्रिभुवन शिक्षण अस्पतालबाट अवकास पाएको एक वर्षपछि ६ बुँदे माग राख्दै चन्दननाथ -६, वाविरा मन्दिरको धर्मशालाबाट डा. केसीले २९ भदौदेखि सत्याग्रह शुरु गरेका हुन् । मंगलबार डा. केसीलाई काठमाडौं ल्याइएको छ ।

आफूलाई कागज र बोलीमा जनवादी भन्ने नेताहरुको ठूलो झुण्ड भएको पार्टीको सरकारले अनसनको १० दिनसम्म पनि सरकारले डा. केसीका मागबारे मुख खोलेको छैन । स्वास्थ्य अवस्था नाजुक भएपछि मात्र जबरजस्त बार्ताको टेबलमा बस्ने यसअघिको सरकारी नियत यसपटक पनि दोहोरिने देखिएको छ ।

डा. केसीले यो सत्याग्रह अन्तिम हुन सक्ने भन्दै घोषणा गर्दै माग पूरा नभए सत्याग्रहकै क्रममा मृत्यु हुन पनि तयार रहेको वक्तव्य समेत दिएका थिए । यसपटक डा. केसीले राखेका मागहरु खासै कडा र नयाँ रहेको छैन । केसीले राखेका माग पूरा गर्न सकिने खालका रहेका छन् ।

डा. केसीले कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ सञ्चालन गर्नेदेखि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउने मागहरु राखेका छन् । त्यस्तै पीसीआरको दायरा बढाउनुपर्ने डा. केसीको माग छ । व्याप्त भ्रष्टाचारका दोषीहरुलाई कानुनबमोजिम छानविन र कारवाही हुनुपर्ने उनको अर्को माग छ ।

डा. केसीले एक नम्बर बुँदामा कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भनेका छन् । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्नुपर्ने उनको माग छ । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने उनले माग राखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ शुरु गर्न त्यति धेरै चुनौति नरहेको प्रतिष्ठानकै रजिस्टार नै बताउँछन् । अहिलेसम्म सरकारले एमबीबीएसको पढाइ शुरु गर्न आलटाल गर्नुलाई प्रतिष्ठानका चिकित्सकहरु नै आश्चर्य मानिरहेका छन् ।

स्थानीय प्रशासनको अवरोधका बीच पनि डा. केसीले जुम्लामा अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा खराबी आएको भन्दै आइतबार स्थानीय प्रशासनले धर्मशालाबाट केसीलाई उठाएर कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । त्यसपछि नेपालगञ्ज झारेर मंगलबार साँझ काठमाडौं ल्याइएको छ ।

डा. केसीले जुन-जुन ठाउँमा चिकित्सा शिक्षाको माग गरेका छन् चिकिथ्शा क्षेत्रका विज्ञहरुको नेतृत्वमा रहेको मेडिकल शिक्षा मामदण्ड निर्धारण समितिले नै ती ठाउँमा मेडिकल शिक्षा सम्भव हुने भनेर सरकारलाई सुझाव दिएको छ । तैपनि सरकार किन डा. के.सी.को माग पूरा गर्न खुट्टा कमाई रहेको छ ।

निश्चित स्वार्थ समुहलाई निरन्तर संरक्षित गर्दै आम जनतालाई सहज उपचार गर्न पाउने र गरिवका छोराछोरीले पनि डाक्टर पढ्न पाउने आधारभूत अधिकारबाट वञ्चित गर्न मिल्छ ? भोली डा. के.सी.को जीवनमा कुनै खतरा आई परे जनताले गर्ने आन्दोलन के यो विवादित सरकारले झेल्न सक्छ ? कि त्यसैको रिहर्सलको रुपमा अहिले प्रहरीलाई सामान्य विरोधमा पनि कडा रुपमा प्रस्तुत हुन लगाएर सरकारले आफ्नो कठोरताको परिचय दिईरहेको हो ? समाजवाद उन्मुख भनेको मुठ्ठीभरका नेताहरुकोले रजाई गर्न पाउने मनोमानी गर्न पाउने भ्रर्ष्ट तन्त्रको रुपमा बनाउने दुष्चक्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बन्ला कि कमजोर सरकार ?

(रविराज रिमाल)

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू