शनिबार, बैशाख ४, २०७८
बालसंसार समाचार

बालबालिकाको सुन लुट्ने महिला माकलबारीबाट पक्राउ

८ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिकालाई ललाईफकाई चकलेट, आइसक्रिम खान दिएर गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया संगीता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो।

उनले उपत्यकाका विभिन्न स्थानमा बालबालिकालाई लक्षित गरेर लुट्ने कार्य गर्दै आएकी चिइन् । विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए।

उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू