बिहिबार, साउन १४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

यी हुन् काठमाडौंका कोरोना धेरै प्रभावित क्षेत्र : कुन ठाउँमा कति संक्रमित ? (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार ३ सय २९ जना निको भएर घर फर्किएका छन् भने ६३ जनाको ज्यान गएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३ महाराजगञ्जमा ४ सय ३४ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ४७ जना, वडा नं. १३ कालिमाटीमा ४ सय १६ र वडा नं. १४ कलंकीमा ३ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

काठमाडौं महानगरको सबैभन्दा धेरै प्रभावित क्षेत्र वडा नं. १५ स्वयम्भू र आसपास हो । त्यहाँ ६ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ९४ जना, वडा नं. २८ पुरानो बसपार्कमा ३ सय ६० जना, वडा नं. ३२ कोटेश्वरमा ३ सय ९९ र महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौं महानगरका कुन वडामा कति संक्रमित ?

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू