शनिबार, बैशाख ४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप १३१३ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ७० हजार पुगेकाे छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका  १ हजार ३ सय १३   जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् भने  ५सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू