बुधबार, असार २, २०७८
समाचार

बौद्धमा क्यमिडा रेष्ट्रो एण्ड बार सञ्चालन

असोज ११, काठमाडौं । राजधानीको बौद्धमा आधुनिक तथा नेपालीपन झल्किने क्यमिडा रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएको छ ।

कोभिड-१९ कोरोना भाइरसका कारण देश लकडाउनमा रहेता पनि बौद्धमा भने शान्त, आकर्षक शैलीमा सेवा तथा सुविधा सम्पन्न रेष्ट्रो एण्ड बार सुचारु गरेका छन् । बौद्धगेटबाट सिद्धार्थ हाल हुँदै १०० मिटर अगाडी सञ्चालनमा आएको क्यमिडा रेष्ट्रो निर्माण सम्पन्न गर्न करिब ७ महिना लागेको सञ्चालक पक्षले बताएका छन् ।

लगनशील र धैर्यताका साथ लकडाउनकै बिचमा पनि निरन्तर काम गर्दै अत्याधिक काठको प्रयोग गरी ग्राहकहरुलाई आकर्षण गर्न विभिन्न कलात्मक तथा सीप दर्शाएर निर्माण गर्दा करिब १ करोडको खर्च लागेको बताएका छन् । शान्त पारिवारिक वातावरण सहितको क्याफेमा सभा, बर्डडे पार्टी, मिटिङ तथा अन्य विमोचनका कार्यहरु गर्न सकिने कोठाहरुको व्यवस्था रहेको छ ।

पर्यटकीय क्षेत्र बौद्धमा नेपाली कला, संस्कृति तथा चिनारीलाई समेत झल्काउने वस्तुहरु राखेर विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरेको त्यस क्याफेमा हाल १० जना कर्मचारी रहेका छन् ।

कोभिडले अर्थतन्त्रलाई कमजोर बनाईरहेको बेला जोश र जाँगरका साथ कडा मिहेनतका साथ बौद्धबाट सुरु गरेको व्यवसाय पछिल्लो समयमा पर्यटकीय क्षेत्र पोखरामा, दिपायलमा समेत शाखा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालन समूहका योजनाकार शिव गुरुङले जानकारी दिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू