मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार

बलात्कारपछि हत्या भएकी सम्झनाको शव ६ दिन बित्दा पनि उठेन

असोज १३, काठमाडौं । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झनाको शव शव ६ दिन बित्दा पनि उठेको छैन । सोही दिन प्रहरीले मस्टा-२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ। घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ। फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटिसकेको छ।

बोहराको अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बझाङमा रहेको छ ।

संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र विज्ञसहितको टोली पनि आएको र मंगलबारसम्म बोहराको पोलिग्राफ परीक्षण हुन सक्ने छ । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै सम्झनाको परिवारले शव उठाउन मानेको छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू