शनिबार, जेष्ठ १, २०७८
प्रमुख समाचार विश्व

बाबरी मस्जिद विध्वंशबारे आज फैसला आउन सक्ने

असोज १४, काठमाडौं । बाबरी मस्जिदको ढाँचा भत्काइएको २८ वर्ष पछि आज सीबीआईको विशेष अदालतबाट फैसला आउन सक्ने भएको छ । विशेष सीबीआई अदालतका जज सुरेन्द्र यादव कोर्ट पुगेका छन् । यसैगरी आरोपी चम्पत राय र बजरंग दलका प्रकाश शर्मा पनि कोर्ट पुगेका छन् ।

अहिले जज सुरेन्द्र यादवले आरोपीहरुको उपस्थितीमा फैसला पढिरहेका छन् । त्यसैले कुनै पनि बेला फैसला हुन सक्ने जी न्यूजको अनलाईन समाचारमा बताईएको छ । अहिले अदालतमा विनय कटियार, साक्षी महाराज, साध्वी ऋतंभरा, चम्पत राय, रामविलास वेदान्ती, सतीश प्रधान, धर्मदास, पवन पाण्डेय, बृजभूषण सिंह, भगवान गोयल लगायतका आरोपीहरु अदालतमा उपस्थित भई फैसलाको पाठ सुनिरहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”