बुधबार, असार २, २०७८
कोरोना स्वास्थ्य

वीर अस्पतालमा २ जना स्वास्थ्यकर्मी सहित १० जना काेराेना संक्रमितको अवस्था गम्भीर

काठमाडौं । देशकै जेठो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अस्पतालका २ जना स्वास्थ्यकर्मी सहित १० जनाको अवस्था गम्भीर रहेको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

डा. सेन्चुरीकाअनुसार अहिले अस्पतालमा ९ जना आइसियूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियूमा अस्पतालको २ जना स्वास्थ्यकर्मी पनि रहेका सेन्चुरीले बताए ।

अस्पतालका अन्य स्वास्थ्यकर्मी, चिकित्सकमा पनि संक्रमण रहेको उनले बताए । संक्रमित चिकित्सकहरुको अवस्था सामान्य रहेको छ । अस्पतालमा अहिले १ सय ३० जना संक्रमितको उपचार भइरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू