मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

अन्तर्वार्ताका कारण राजदूत पाण्डे विवादमा तानिए

असोज १५, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे अन्तर्वार्ताका कारण विवादमा तानिएका छन् । उनले नेपाल-भारत सीमाको विषयमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्ता विवादमा परेको हो ।

भारतको विरोधमा बोलेर चीनको प्यारो बन्न खोज्ने प्रवृत्ति नेपालमा मौलाईरहेको बेलामा पाण्डेले नेपाल-भारत सीमा विवादजस्ता संवेदनशिल विषयमा चिनियाँ सरकारी मुखपत्रलाई विवादित अन्तर्वार्ता दिएर कूटनीतिक अपरिक्कता देखाएको भन्दै राजनीतिक तथा नागरिक तहबाट व्यापक आलोचना भईरहेको छ । कूटनीतिक मर्यादाविपरीत भएको भन्दै विज्ञहरूले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने समेत बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले अन्तर्वार्ताको क्रममा भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए।  पूर्वपरराष्ट्रमन्त्री जस्तो व्यक्तिले दिएको अन्तर्वार्ताले नेकपा र भारतबीच बन्दै गएको विश्वासको वातावरण झन् कमजोर बनाउने भन्दै नेकपा कै नेताहरु पनि असन्तुष्ट रहेको चर्चा हुन थालेको छ । नेपाल-चीन सीमा क्षेत्रमा पर्ने हुम्लाको नाम्खामा चिनियाँ पक्षले एक पक्षीय रुपमा ११ वटा भवनहरू बनाएको विषय बाहिर आएको बेला राजदूत पाण्डेले दिएको अन्तर्वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

चिनिया क्म्युनिष्ट पार्टीले नेपालका कम्युनिष्टलाई माओ विचारधाराको प्रशिक्षण दिएको भुलेर पाण्डेले नेपालमा कसैको प्रभाव नरहेको दावि गर्दै अन्तर्वार्ता दिइका छन् । पाण्डेले भारत आफू उपनिवेश भएका बेला पनि नेपाल सार्वभौम देश रहेको भन्दै नेपाल कुनै विचारधारात्मक समूह र शक्तिसँग नढल्कने बताएका छन् । तर उनले चिनिया पार्टीले नेकपाका नेताहरुलाई माओ विचारधाराको प्रशिक्षण दिएको भनें भुलेका देखिन्छन् । नेपाल कुनै विचारधारात्मक समुह र शक्तिसँग नढल्कने विचार राख्ने पाण्डेले चिनिया कम्युनिष्ट पार्टीले नेपालमै नेकपाका नेताहरुलाई माओ विचारधाराको प्रशिक्षण दिएको कसरी यति छिटै भुले ? यो विचारणीय प्रश्न हो ।

अन्तर्वार्ताको क्रममा पाण्डेले नेपालको चीनसँग कुनै सीमा समस्या नरहेको तर भारतले नेपालको केही भूमि कब्जा गरेको बताएका थिए।राजदुत पाण्डेका कारण सरकार नै अफ्टेरोमा पर्न सक्ने स्थिती देखिएको विश्लेषण हुन थालेको छ । सरकारले आफ्नो धारण प्रष्ट गर्नु पर्ने विज्ञहरुले माग गरेका छन् ।

नेकपा सम्बद्ध जिम्बेवार व्यक्तिहरुबाट निरन्तर भारत विरोधी अभिव्यक्ति आउन थाले पछि नेपाल-भारत सम्बन्ध बिगार्न योजनाबद्ध रुपमा नेकपाका नेताहरु लागेका छ तैनन् भन्ने प्रश्न चिन्ह अब नेकपा तर्फ मोडिएको छ । अब नेकपा पार्टी र नेकपाको सुविधाजनक बहुमतको सरकारले आधिकारीक धारणा स्पष्ट गरोस् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू