सोमवार, साउन ११, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

थपिए १,९११ जना कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ९ जनाको ज्यान गएको छ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू