शनिबार, जेष्ठ २९, २०७८
समाचार

यी हुन् नक्कली इन्स्पेक्टर : बर्दी लगाएर लोक सेवाको परीक्षा चलाउँदै !

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली प्रहरी निरीक्षक(इन्स्पेक्टर) बनेर लोक सेवा आयोगको परीक्षा चलाउँदै गर्दा बाराका २९ वर्षीय अजयकुमार रायलाई पक्राउ गरेको छ ।

हिजो पक्राउ परेका १७ जनामध्ये उनी झण्डै एक वर्षदेखि नक्कली इन्स्पेक्टर बनेर प्रहरीलाई पनि ठगी गरेको आरोप छ । परवानीपुर क्षेत्रमा पुगेर उनले विगतदेखि नै ठगी गर्दै आएको रहस्य खुलेको छ ।

नक्कली इन्स्पेक्टर बनेका राय हिजो पर्साको वीरगञ्जमा प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुस्न्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षास्थलबाट पक्राउ परेका हुन् ।

परीक्षार्थीबाट उनले ३ लाख ६१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनी सरकारी छाप, दस्तखत किर्ते मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन् । उनलाई सहयोग गर्नेहरुलाई पनि प्रहरीले पक्रेको छ ।

प्रहरीले हिजो २७ जनालाई नियन्त्रणमा लिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू