बुधबार, असार २, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा २,७२२ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर अहिलेसम्मकै धेरै संख्यामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ हजार ७ सय २२ जनामा संक्रमण भएको र ११ जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६० हजार ६ सय ९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २० जनाको ज्यान गएको छ ।

हेर्नुस् सूची

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू