असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ । सल्लाहकारद्वय रिमाल र थापाले सर्म्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य प्रति सचेत रहन आग्रह गरेका छन् ।
विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन् , “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”
Add Comment