मङ्लबार, जेष्ठ ४, २०७८
समाचार सामाजिक न्याय

डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई भट्टराईको आग्रह

असोज २०, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

भट्टराईले डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरी बेवास्ता गरेको प्रति डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ रु यो क्रिमिनल नेग्लिजेन्स हैन ?’

डा. भट्टराईले नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू