सोमवार, चैत्र ३०, २०७७
प्रमुख समाचार सुशासन

सरकारले मुआब्जा नीति ल्याउने तयारी

असोज २३, काठमाडौँ । सरकारले मुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला-ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न मुआब्जा नीति ल्याउन लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सहज र न्यायोचित किसिमले समयमै जग्गा अधिग्रहण गर्न सकियोस् भन्ने उद्देश्यसहित विकास आयोजनाका लागि जग्गा प्राप्त गर्नेसम्बन्धी राष्ट्रिय एकीकृत नीति निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । यसले राष्ट्रिय गौरवलगायतका आयोजनाहरू अगाडि बढाउने उहाँको तर्क छ ।

मुआब्जा विवादका कारण समयमा जग्गा अधिग्रहण गर्न नसक्दा राष्ट्रिय गौरवलगायतका आयोजनालाई अगाडि बढाउन समेत समस्या देखिँदै आएको छ । मुलुकमा हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार व्यहोर्नु परेको अवस्था छ । मुआब्जासम्बन्बी राष्ट्रियस्तरको ठोस नीति नहुँदा दुई वर्षमा बन९ाउने भनिएका आयोजना वर्षौंसम्म लाग्ने गरेको यथार्थ समेत छ ।

जग्गाको मुआब्जा निर्धारण तथा वितरणका लागि जग्गा प्राप्ति ऐन, २०३४ बाहेकका ऐन कानुन देखिएको छैन । सोही ऐनबमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मुआब्जा निर्धारण समितिको सिफारिसमा जग्गाको मुआब्जा निर्धारण र वितरण हुने गरेको छ । समितिमा जिल्लाका भूमि प्रशासक वा मालपोत कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था छ ।

मुआब्जा नीतिको मस्यौदा तयार भई अहिले छलफलको क्रममा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रवक्ता जोशीले भन्नुभयो, मन्त्रालयले मुुआब्जा नीतिको मस्यौदा तयार गरी छलफलका लागि राष्ट्रिय योजना आयोगलाई बुझ९ाइसकेको छ, आयोगले अहिले सो मस्यौदाबारे सरोकारवाला मन्त्रालय, निकायहरूसँग छलफल गरिरहेको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको २०७६ असोज ५ गते बसेको ४६औँ बैठकले जग्गा अधिग्रहण तथा मुआब्जा निर्धारण सम्बन्धी एकीकृत राष्ट्रिय नीति तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू