बुधबार, असार २, २०७८
उपत्यका कोरोना प्रमुख समाचार

बेसार पानीमा सरकार अल्झदा उपत्यकामा कोरोना संक्रमण भयावह

असोज २३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनलाइन प्रेस बिफ्रिङमा विरामी गम्भिर भए मात्र अस्पताल लैजान भन्न थाले । जहाँ उनले ँकोरोना संक्रमित विरामीलाई गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’ भनेका छन् । उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ ।

गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् । काठमाडौं उपत्यकामा दैनिक २ हजारको हाराहारीमा संक्रमित बढिरहेका छन् ।

कोरोना संक्रमणको खतरा कम गर्न सरकार प्रभावकारी हुनु पर्नेमा कैले औषधी काण्डमा फस्यो त कैले प्रधानमन्त्री तातो पानी र बेसार पानीको सल्लाह दिन थाले । राजश्व कम भएकोमा गुनासो गर्दै लकडाउनको हल्ला पनि मच्चाइ  यो  अनि राजश्व संकलन गर्न सबैतिर अघोषित खुला गरी सरकार मुक दर्शक भएर बस्यो । अैले त्यसको गम्भिर असर काठमाडौं उपत्यकामा देखिंदै छ । सरकार मुक दर्शक बनेको छ । विरामीहरुले आइसीयू र भेन्टिलेटर नपाउने भएका छन् । अब जनस्वास्थ्य भगवान भरोसा भईसकेको विश्लेषकहरुले बताउन थालेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू