आइतवार, चैत्र २९, २०७७
कोरोना प्रमुख समाचार विश्व

ट्रम्पले चीनलाई भनें- ‘कोरोनाको मूल्य चीनले चुकाउनु पर्छ’

असोज २३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कडा भाषामा लङ्कारेका छन् । कोरोना संक्रमित भए पछि अस्पतालमा केही दिन उपचार गरी बाहिरिए पछि ट्रम्पले ट्वीटर मार्फत भिडियो सन्देश जारी गर्दै कोरोनाको मूल्य चीनले चुकाउनु पर्छ भनेका छन् ।

कोरोना संक्रमण पछि २ हप्ता आइशोलेसनमा बस्नु पर्ने विश्वस्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकल लत्याएका ट्रम्पले चुनावी अभियानआई असर गर्ने भन्दै केही दिन अस्पतालमा उपचार गरि बाहिरिए पछि उनको आलोचना भईरहेको छ ।

ट्रम्पले भिडियोमा कोरोना तपाईको गल्ति होईन चीनको गल्ति हो भनेका सुन्न सकिन्छ । चीनले यो गल्तिको लागि धेरै ठूलो मूल्य चुकाउने छ समेत भनेको भारतको प्रसिद्ध सञ्चार माध्यम जीन्यूजको अनलाइन संस्करणमा बताईएको छ ।

अमेरिकामा कोरोना संक्रमित भई २ लाख १० हजारको मृत्यु भईसकेको छ । चुनावी अधयिानका क्रममा ट्रम्पले विश्वमा चीनले कोरोना फैलाएको आरोपमा कडा प्रतिवाद गर्दै आएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू