बुधबार, असार २, २०७८
उपत्यका कोरोना प्रमुख समाचार

उपत्यकामा आज चौध सय नौ संक्रमित थप

असोज २३, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ सय ९ कोरोना संक्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँ उपत्यकामा कोराना संक्रमितको सङ्ख्या ३३ हजार ७७१ पुगेको छ । संक्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।

साथै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन् । देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू