मङ्लबार, जेष्ठ ४, २०७८
अपाङ्गता प्रमुख समाचार

महानायक राजेश हमालबाट ह्विलचियर वितरण

असोज २५, काठमाडौं । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका छन् । शनिबार बौद्ध रामहिटीमा मण्डला क्लबले आयोजना गरेको ह्विलचियर वितरण कार्यक्रममा हमालले ६ जना अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर र १ जनालाई वाकर वितरण गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै महानायक राजेश हमालले अपांगता भएका व्यक्तिहरुलाई माया दया भन्दा पनि अवसरको खाँचो रहेकोले सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने बताए । उनले आफ्नो स्वर्गीय भाई राकेश हमालबाट शुरु भएको देशभरीका अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्ने कार्यक्रमलाई सक्रियतापूर्वक सहयोग गरिरहने बताए ।

कार्यक्रममा वागमति प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले अपांगता भएका व्यक्तिहरुका लागि यस्ता कार्यक्रमले सामाजिक सचेतना बढाउने र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अपांगता भएका व्यक्तिहरुको विकासका लागि नगरपालिकाले प्राथमिकतापूर्वक कार्य गर्दै आएको बताउनु हुँदै उनीहरुको पक्षमा कार्य गर्न नगरपालिका सँधैं तत्पर रहेकोमा जोड दिए ।

युवा सामाजिक अभियन्ता तथा ह्विलचियर वितरण कार्यक्रमका संयोजक श्रीराम चालिसेले स्वर्गीय राकेश हमाल अपांगता भएका व्यक्तिहरुलाई माया गर्ने राष्ट्रले जन्माएको महान छोरा भन्नु हुँदै स्वर्गीय हमालको अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताए । उनले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि प्रभावकारी कार्य गर्न नसकेको भन्दै युवाहरुले अपांगता भएका व्यक्तिहरुको हितका कार्य गर्नु पर्नेमा जोड दिए ।

स्वर्गीय राकेश हमालले स्थापना गर्नुभएको एनआरएसडी संस्थाका उपाध्यक्ष सुगम भट्टराईले देशभरका अपांगता भएका व्यक्तिहरुलाई धेरै धन्दा धेरै सहयोग गर्नु नै स्वर्गीय हमालप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले ह्विलचियर चाहिने व्यक्तिहरुले जिल्लामा रहेका प्राविधिक तथा संस्थामा सिधै सम्पर्क गरी प्रक्रिया पु¥याएर लिन सकिने भएकोले सम्पर्क गर्न समेत अनुरोध गरे ।

कार्यक्रमका लागि काठमाडौं अनामनगर स्थित एनआरएसडीले ह्विलचियर लगायत सहायक सामग्री उपलब्ध गरेको थियो भनें मण्डला क्लब बौद्धले कार्यक्रम आयोजना गरेको थियो । (रविराज रिमाल)


भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू