मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

डा. गोविन्द केसीले तोडे अनशन

असोज २५, काठमाडौं । डा. गोविन्द केसीले आज १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा आज अनशन तोडेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू