आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विश्व स्वास्थ्य

हामी नेपाली ग्लोबल र डाँफे केयर बिच गुणस्तरीय स्वास्थसेवाको लागि सहकार्य

असोज २६, काठमाडौं । हामी नेपाली ग्लोबल र डाँफे केयरले गुणस्तरीय स्वास्थ्यसेवाका लागि सहकार्य गर्ने भएका छन् । यस्तो गुणस्तरीय स्वास्थ्यसेवा हामी नेपाली ग्लोबलका सदस्यहरू र उनीहरूका परिवारहरूले पाउने छन् ।
यस अन्र्तगत विश्वभर रहेका हामी नेपाली ग्लोबलका सदस्यहरु र तिनका परिवारले टेलिमेडिसिनको मध्यमबाट घरमै बसी विशेषज्ञ डाक्टरहरूसँग स्वास्थ्य सल्लाह, सुझाब लिन सक्ने छन् ।
डाँफे केयरले प्राथमिक केयर, कोभिड केयर, परिवार चिकित्सा प्याकेज तथा प्रमाण आधारित स्वास्थ्य सेवा जस्ता सेवाहरु प्रदान गर्ने प्राप्त समाचारमा जनाईएको छ । यस अन्र्तगत खोप, नियमित चेकअप र प्राथमिक स्क्रीनिंग, स्वास्थ्य परामर्श, नीजि स्वास्थ्यसेवा जस्ता स्वास्थ्यसेवाहरु हुनेछन् भनें सुलभ मूल्यमा गुणस्तरीय औषधी र स्वास्थ्यसेवा प्राप्त हुनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू