मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाइने

असोज २६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन । काठमाडौंमा कोरोना संक्रमण बढ्दै गए पछि स्वास्थ्य प्रणाली ध्वस्त हुने चेतावनी विज्ञले दिंदै आएका छन् ।

काठमाडौं उपत्यकामा दैनिक १५ सयको हाराहारीमा कोरोना संक्रमित थपिन थाले पछि सरकार दवावमा आएको छ भनें विरामीले अस्पतालमा बेड, आइसियू पाउन मुस्किल हुँदै गएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू