सोमवार, चैत्र ३०, २०७७
परोपकार र मानवता समाचार

सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरियाद्वारा राहत सहयोग

असोज ३०,  सिन्धुपाल्चोक – हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले  राहत सहयोग गरेको छ।

 

हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले संयुक्त रुपमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरो पीडितहरूलाई आज सेलाङस्थित बाँसखर्कमा पुगेर राहत वितरण गरेका हुन ।

 

प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ घरधुरीलाई प्रति परिवार छ हजार रूपैयाँ उपलब्ध गराएको छ।

 

सो अवसरमा पूर्ण रूपमा घरबारीमा क्षति भएका १८ घरधुरीलाई चार हजार रूपैयाँको दरले हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखाले राहत उपलब्ध गराएको छ।

 

उक्त राहत वितरण कार्यक्रममा जारी गरिएको सन्देशमा हामी नेपाली ग्लोबल अध्यक्ष अमृत लामा र हामी नेपाली दक्षिण कोरिया की अध्यक्ष आम्बिका डि.सी.,हामी नेपाली ग्लोबलका उपाध्यक्ष  टेक वाईबा लामाले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै गरेको थिए।

 

जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामा र स्थानीयको उपस्थितिमा राहत वितरण गरिएको थियो।

 

जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले यस विषम परिस्थितिमा राहत सहयोग गर्ने हामी नेपाली ग्लोबल र हामी नेपाली दक्षिण कोरिया शाखालाई धन्यबाद दिएको छ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू