सोमवार, चैत्र ३०, २०७७
कोरोना प्रमुख समाचार

नेपालमा एक लाख ३१ हजारले जिते कोरोना

१६ कात्तिक, काठमाडौं। शनिबार नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस ९कोभिड-१९० सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा नौ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५०८ जनामा कोरोना देखिएको हो । शुक्रबार देशभर दुई हजार ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ७० हजार ७४३ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार देशभर थप दुई हजार २६४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना निको हुने सङ्ख्या एक लाख ३१ हजार २२२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा दुई हजार ४१० जनामा छन् ।

यस्तै गत २४ घण्टामा काठमाडाँै उपत्यकामा एक हजार ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यस्तै शनिबार थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार पनि देशभर १७ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ९३७ पुगेको छ ।

देशभर ३६५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् । जसअनुसार बागमती प्रदेशमा १८४ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र चार जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१
जना आईसीयू र नौ जना भेन्टिलेटरमा तथा प्रदेश २ मा १२ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् ।

त्यस्तै सुदूरपश्चिममा पाँच जना आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आईसीयू र तीन जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा चार जना आईसीयू उपचाररत छन् । यस्तै शनिबार ३८ हजार ३५७ जना सक्रिय सङ्क्रमितमध्ये
३१ हजार आठ जना होम आइसोलेसनमा छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू