शनिबार, बैशाख ४, २०७८
कुटनीति प्रमुख समाचार राष्ट्रिय

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै

१९ कार्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू