१९ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् । त्यस्तै, १८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् ।
सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ ।
फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।
अहिलेसम्म बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट परेको छ ।
Add Comment