सोमवार, चैत्र ३०, २०७७
कुटनीति प्रमुख समाचार राष्ट्रिय

नरवणेको तीन दिने भ्रमणमा के-के कार्यक्रम छन् ? 

१९ कार्तिक, काठमाडौं । नेपाली सेनाको निमन्त्रणमा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिन भ्रमणका क्रममा कुनै औपचारिक कार्यक्रम छैन ।

उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि ग्रहण गर्ने कार्यक्रम छ। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो। उनले आज हनुमान ढोकार पशुपति क्षेत्रको भ्रमण गरेका छन् ।

नेपाली सेनाका अनुसार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने छन्। त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटघाट हुने छ। बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्ध प्रधानसेनापतीको उपाधि ग्रहण गर्नेछन्। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध प्रधानसेनापति उपाधि ग्रहण गर्ने गर्छन्।

शुक्रबार स्वदेश फर्कनुअघि बिहान उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू