मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार विकास

भारतीय विदेश सचिवले उद्घाटन गरे विद्यालय भवन

१२ मंसिर, काठमाडौं । भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले उद्घाटन गरेका छन्।

महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेपेटार र रत्नलक्ष्मी मावि डुम्रीडाँडामा नवनिर्मित विद्यालय भवनको शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गरेका हुन्। गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन भएका हुन् ।

विद्यालय भवन उद्घाटन गर्दै विदेश सचिव श्रृङ्गलाले वीर गोरखाली भनेर विश्वभर चिनिएको गोरखामा आउन पाउँदा खुशी लागेको नेपाली भाषामा बोल्दै बताएका थिए। साथै नेपाली एकीकरणको सुरुवात गोरखाबाटै भएकाले गोरखामा आउन पाउँदा खुशी लागेको बताएका थिए।

साथै उनले २०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु गोरखा र नुवाकोटमा ५० हजार वटा निजी आवास पुनर्निर्माण भइरहेको बताए। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू