बुधबार, असार २, २०७८
अर्थवाणिज्य प्रमुख समाचार राष्ट्रिय

एशोसिएटतर्फको उपाध्यक्षमा संघई विजयी

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए ।

एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान समूहबाट भिडेका थिए ।

यसअघि महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ र जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी त्रिवेणी स्पिनिङ मिल्सका मालिक हुन् । सरकारबाट सीआईपी सम्मान समेत पाएका उनी एक वाणिज्य बैंकको सञ्चालक समेत हुन् ।

ज्योतिले यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका थिए । यसपटक ढकालको विपक्षी प्यानलबाट उम्मेदवारी दिएका थिए

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू