शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्थानीय समाचार

बुटवलमा पेस्ताेल खाेसेर तस्करले गोली चलाए

मंसिर २१, काठमाडौं । बुटवलमा प्रहरीको पेस्तोल खोसेर खाग तस्करले गोली चलाएका छन् । खाग तस्करको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका थिए । प्रहरीलाई हानेको गोली आफ्नै साथीलाई लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।

गोली प्रहारबाट काठमाडौं उपमहानगरपालिका बसन्तपुरका राकेश न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । उनको चिउडोमा गोली लागेको छ । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू