बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

मंसिर २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग-अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।

शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेताहरुको विश्वास छ ।

गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो नेकपा स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, विवाद मिलेको भनिएको ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न बस्न लागेको स्थायी कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ ।

पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू