सोमवार, चैत्र ३०, २०७७
अर्थवाणिज्य प्रमुख समाचार

५० कम्पनीले घोषणा गरे लाभांश

मंसिर २१, काठमाडौं ।  आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा ५० सूचीकृत कम्पनीको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०७६/७७ को कारोबारमा आधारित भई सो संख्याका सूचीकृत कम्पनीले लाभांशको प्रस्ताव गरेका हुन् ।

१३ वटा वाणिज्य बैङ्कले ८ प्रतिशतदेखि २० प्रतिशतसम्मको लाभांश घोषणा गरिएको छ । एनआईशी एशिया बैङ्कले २० प्रतिशत, हिमालयन बैङ्कको २० प्रतिशत, ग्लोबल आईएमई बैङ्कको १६ प्रतिशत, बैङ्क अफ काठमाण्डूको १६ प्रतिशत, कुमारी बैङ्कले १४ प्रतिशत, सानिमा बैङ्कको १३.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ११.८४ प्रतिशत, सिटिजन्स बैङ्कको ११ प्रतिशत, एभरेष्ट बैङ्कको १०.५३ प्रतिशत, माछापुच्छ्रे बैङ्कको १०.४ प्रतिशत, नेपाल एसबीआई बैङ्कको ९.४७ प्रतिशत र सनराइज बैङ्कको ८.२८ प्रतिशत लाभांश घोषणा भएको छ ।

यसरी लाभांश प्रस्ताव गर्नेमा १६ वटा सूचीकृत म्युचुअल फण्ड छन् भने बाँकी ३४ वटा सूचीकृत कम्पनी छन् । सूचीकृत कम्पनीमध्ये १३ वटा वाणिज्य बैङ्क, ११ वटा माइक्रोफाइनान्स कम्पनी, ६ वटा हाइड्रोपावर कम्पनी, ३ वटा उत्पादनमूलक कम्पनी र एउटा फाइनान्स कम्पनी रहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू