मङ्लबार, जेष्ठ ४, २०७८
कुटनीति प्रमुख समाचार

नयाँ परराष्ट्र नीति सार्वजनिक

२२ मंसिर, काठमाडौं । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने लक्ष्यका साथ गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको ‘नेपालको परराष्ट्र नीति, २०७७’ आइतबार सार्वजनिक गरिएको हो ।

वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायतका परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरिएको हो । मूलभूत रूपमा १३ चुनौती रहेको परराष्ट्र नीति, नेपालमा पहिलोपटक अलग्गै परराष्ट्र नीतिका रूपमा ल्याइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अन्य अधिकारीले बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले विगतमा सरकारको नीति तथा कार्यक्रम, सुरक्षा नीति, औपचारिक सभा तथा सम्मेलनमा प्रधानमन्त्रीहरूले दिएका मन्तव्यका आधारमा परराष्ट्र नीति सञ्चालित हुँदै आएकोमा वर्तमान सरकारले स्पष्ट रूपमा छुट्टै परराष्ट्र नीति ल्याएको जानकारी दिए । उनले यसलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण कामका रूपमा प्रस्तुत गरेका थिए ।

भारतसँग सीमा विवाद र सत्तारुढ दल नेकपाभित्रै विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर अन्तरविरोध भइरहेको बेला परराष्ट्र मन्त्रालयले जारी गरेको नीतिमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा र अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने विषयमा एकमत हुन नसक्नुलाई चुनौतीको खण्डमा राखेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू