मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

काँग्रेसले बोलायो आकस्मिक बैठक, नेपालले भने संसद् विघटनको प्रस्ताव असंवैधानिक

५ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् । नेपालले संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ भन्दै प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने सुझाव दिएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू