बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

पार्टीबाट ओलीलाई कारवाही गरिने, नेकपा विभाजन हुने

६ पुस, काठमाडौं । आउँदो मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई कस्तो कारबाही गर्ने भन्नेमा टुंगो गरेन।

नेकपाको अन्तरिम विधानको धारा ५७ (क) मा पार्टी अनुशासन उल्लंघन गरे पार्टी सदस्यता तथा सांगठनिक सदस्यबाटै निष्कासन गर्न सकिने व्यवस्था छ । यो सँगै साढे दुई वर्षअघि एकीकृत भएको पार्टीको विभाजन निश्चित भएको छ।

संविधानमा नभएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको सिफारिस गरेपछि ३० महिनामै एकता भंग हुने चरणमा पुगेको हो। स्थायी कमिटी बैठकले प्रतिनिधिसभा भंग गर्ने ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक जनादेश एवम् जनभावनाविपरीतको स्वेच्छाचारी कदमका रूपमा व्याख्या गरेको छ। बैठकले प्रतिनिधिसभा विघटनको सिफारिसप्रति विरोध एवं भर्त्सना गर्दै यसले नेपाली जनताको बलिदानपूर्ण संघर्षद्वारा प्राप्त राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार गरेको टिप्पणी गरेको छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संविधानतः संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्यूबाट यो असंवैधानिक कदमलाई स्वीकार गरिनु पनि गम्भीर रूपमा आपत्तिजनक छ।’ स्थायी कमिटी बैठकले संविधान र लोकतन्त्र पक्षधर शक्तिहरूका लागि यो कदम स्वीकार्य हुन नसक्ने ठहर गर्दै ओलीको कदमको राजनीतिक रूपमा कडा प्रतिवाद गर्दै कानुनी उपचार खोज्ने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्री ओलीपक्षीय नेताहरू भने चौतर्फी घेराबन्दीमा परेपछि यस्तो निर्णय गर्न बाध्य भएको जिकिर गर्छन्। स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले पार्टी र सरकारको नेतृत्व हस्तान्तरण, पार्टी एकतालगायत सारा विकल्प दिँदा पनि अर्को पक्षले लत्याएपछि प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुपरेको बताए।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू