मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

गृहमन्त्री थापा समुहले भन्यो- संसद् विघटन प्रतिगामी कदम 

६ पुस, काठमाडौं । पार्टीको आन्तरिक विवादमा छुट्टै अस्तित्व र पहिचान बनाउने प्रयासस्वरुप नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले निकट नेताहरुको भेला गरेका छन् ।

भेलामा सहभागी थापा समूहका सहभागी नेताहरुले संसद् विघटन प्रतिगामी कदम भएको बताएका छन् । सहभागी नेताहरुले गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने नेताहरुको भनाइ छ ।

यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ । यद्यपि नेकपा विवादमा थापा लामो समय प्रधानमन्त्री ओलीको समर्थन गरे पनि स्थायी कमिटी सदस्यहरु देव गुरुङ र पम्फा भुसालले दाहाल-नेपाल समूहमा थिए ।

संसद् विघटन गरी राष्ट्रपतिलाई नयाँ चुनावका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को वैठकको निर्णयमा असहमति जनाउँदै दाहाल-नेपाल समूहका सात मन्त्रीले राजीनामा गरे पनि गृहमन्त्री थापाको भने राजीनामा आएको छैन । यसैलाई लिएर उनले पछिल्लो र निर्णायक विवादमा पनि प्रधानमन्त्री ओलीकै समर्थन गरेको आशंका भैरहँदा उनी निकट नेताहरुको छुट्टै भेला भएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू