सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

प्रधानमन्त्री ओलीले आज ३ बजे सम्बोधन गर्दै, दाहाल-नेपाल पक्ष सर्वोच्च अदालत जाने

६ पुस, काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनालाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद् विघटन र नयाँ निर्वाचनबारे प्रधानमन्त्री ओलीको सम्बोधन आउन थालेको उनको सचिवालयले जनाएको छ ।

सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे प्रसारण हुनेछ ।

माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत जाने

संसद विघटनको गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको छ । यसका लागि दाहाल-नेपाल समूहसहितका शीर्ष नेताले आज कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

हिजोमात्रै यो समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दाहाल नेपाल समूहले सकेसम्म कांग्रेस र जसपाका सांसदहरुको समेत संयुक्त हस्ताक्षर गरेर अदालत जाने विकल्पमा समेत छलफल गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू