शनिबार, जेष्ठ १, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

जनतालाई फैसला गर्न दिने लोकतान्त्रिक विकल्प रोजेको प्रधानमन्त्रीको दावी

६ पुस, काठमाडौं । संसद् विघटन र नयाँ निर्वाचनबारे प्रधानमन्त्री ओलीले आज आफ्नो कदमको बचाउ गर्दै सम्बोधन गरेका छन् ।सम्बोधनमा उनले जनतालाई फैसला गर्न दिने लोकतान्त्रिक विकल्प आफूले रोजेको प्रधानमन्त्रीले दावी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सतहमा हेर्दा हिजो (आइतबार) विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए पनि यो स्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिहरुद्वारा सिर्जना भएको बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कसैले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउनका लागि माझी गुहार्न थाल्नुभयो ।’ जनअनुमोदित नेकपाको सरकारलाई आफ्नै दलका केही नेताले काम गर्न नदिने अवस्थाको निकास खोज्दै पर्थ्यो भन्दै उनले संसद विघटन गर्ने आफ्नो निर्णयको बचाउसमेत गरे ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”