बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

देशका नाम चलेका संविधानविद्हरुले भनें- ‘संसद विघटन भएको छैन’

६ पुस, काठमाडौं । देशका नाम चलेका संविधानविद्हरूले संसद विघटन गर्ने सरकारको निर्णयको संवैधानिक र कानुनी वैधता नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले सोमबार आयोजना गरेको छलफलमा बोल्दै उनीहरूले सरकारको निर्णयको संवैधानिक र कानुनी वैधता नभएको सुझाव दिएका हुन । छलफलमा संवैधानिक कानुनका जानकारहरूले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै अहिलेको अवस्थामा संसद विघटन मान्न नमिल्ने धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहभागी छलफलमा नेपाल बार एशोसिएसनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वअध्यक्ष शम्भु थापा, खड्का, पूर्वमहान्यायाधिवक्ताहरु डा। युवराज संग्रौला, मुक्तिनारायण प्रधान, संवैधानिक कानुनका जानकार टीकाराम भट्टराईलगायत उपस्थित थिए ।

पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले संविधानले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको हुनाले संसद विघटन भएको मान्न नमिल्ने बताएका थिए ।

संवैधानिक कानुनका जानकार टीकाराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको हुनाले संसद विघटन भएको मान्न नमिल्ने बताए । ‘उहाँहरूले नभएको अधिकार प्रयोग गरेकाले संसद विघटन भएको मानिदैन, जबर्जस्ती रोकिएको मात्र हो’ उनले भने ।

छलफलमा सहभागी नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले संसद विघटनविरुद्ध सडक आन्दोलन गर्न नेताहरुलाई सुझाव दिएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू