बिहिबार, साउन १४, २०७८
समाचार

पत्रकार तथा नागरिक अधिकार अभियन्ता तारा कार्कीले पाल्पाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

१० पुस, काठमाडौं । पत्रकार तथा नागरिक अधिकार अभियन्ता तारा कार्कीले पाल्पा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी २०७८ बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरे पछि कार्कीले संघीयता, लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

३ दशक भन्दा लामो पत्रकारिता यात्रा गरेका कार्की, विश्व उपभोक्ता महासंघका अध्यक्ष, नागरिक अधिकार र विकास अभियन्ता तथा पर्यटन विद् समेत हुन् । आफ्नो विज्ञता प्रयोग गरेर पाल्पाको विकास गर्ने संकल्पका साथ आगामी निर्वाचनमा पाल्पा एक नम्बरबाट स्वतन्त्र उम्मेदवारी दिन लागेको कार्कीले बताए । पाल्पाको विकासका लागि जनताको चाहना अनुसार केबलकार, ठूला कृषि परियोजना, रंगशाला जस्ता विभिन्न परियोजनाको बारेमा गहिरो अध्ययन गरिरहेको भन्दै सो क्रममा जनतासँग गरिएको अन्र्तक्रियामा जनतामा वर्तमान राजनीतिक दल र नेताहरुप्रति वितृष्णा जागेको पाएकोले विकासको एजेण्डा बोकेर उम्मेद्वारी दिन लागेको कार्कीले बताए ।

आफू सिंगापूरका विकासका पिता लि क्वान यूबाट प्रभावित भएर सिंगापुरको समेत भ्रमण गरि त्यहाँको विकासलाई नजिकबाट नियालेर आएको भन्दै कार्कीले यस पटक जनताले आफ्नो विकासको एजेण्डा र प्रतिबद्धतालाई विश्वास गर्नेमा विश्वस्त हुँदै पाल्पा १ मा स्वतन्त्र नागरिकको तर्फबाट उम्मेदवारी दिएर आफूले जित्ने दावि गरे ।

जनता पुराना राजनीतिक दल र तिनका नेतासँग आजित भईसकेकोले यस पटक लि क्वान यू को जस्तै भिजन लिएर पाल्पाको विकासको अवधारणा बोकेर आफू जनताको घरदैलोमा छिट्टै जान लागेको समेत कार्कीले बताए । आफूले स्वतन्त्र नागरिकको तर्फबाट उम्मेदवारी दिने बारे सामाजिक सञ्जालबाट घोषणा गरे पछि पाल्पा १ का धेरै युवा, वुद्धिजिवी, विकास प्रेमीहरुले घोषणाको स्वागत गर्दै सहयोग गर्ने प्रतिवद्धता समेत पाईसकेकोले आफू छिट्टै उत्साहका साथ चूनावी अभियानमा लाग्ने समेत कार्कीले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू