सोमवार, साउन ११, २०७८
नारी संसार समाचार

फागुन १५ गते काठमाडौंमा मिस तामाङ २०२१ हुने

१७ पुष, काठमाडौं । मिस तामाङ २०२१ फागुन १५ गते आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा मिस तामाङ २०२१ को बारेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

२८५७ औं सोनाम ल्होछारको अवसरमा एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने प्रतियोगिता १३ औं संस्करणको मिस तामाङ प्रतियोगिता भएको आयोजकले बताए ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको होमकी अध्यक्ष रञ्जिता ब्लोन लामाले जानकारी दिइन् ।

सहभागितामा सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई गरेको आदी योग्यता तोकिएको छ । आवेदनका फारम भर्ने मिति माघ ९ गते सम्म रहेको छ । माघ १० गतेसम्ममा प्रतियोगीहरु छनौट गरि माघ १४ बाट तालिम सुरु हुनेछ । प्रतियोगितामा भाग लिन चाहने १६ देखि २८ वर्ष उमेरका महिलाहरुले एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछन् । यस प्रतियोगिताको फाइनल (फिनाले) होटल र्‍याडिसनमा फागुन १५ गते हुनेछ ।

प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछन् । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटलमा पुरस्कार प्रदान गरिने एभरेष्ट फेसन हाउसका अध्यक्ष रञ्जिता ब्लोन लामाले बताईन् ।

मिस तामाङमा सहभागिहरुलाई एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विषयमा तालिममा सहभागी हुने अवसर पाउनेछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू