शनिबार, बैशाख ४, २०७८
परोपकार समाचार

माननीय राधा घलेबाट अपाङ्ग पुर्नस्थापना केन्द्रलाई सहयोग हस्तान्तरण

१८ पुस, काठमाडौं । काठमाडौं गोकर्णमा रहेको अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालका बालबालिकाहरुलाई न्यानो कपडा र जुत्ता हस्तान्तरण गरिएको छ ।

आज शनिबार संस्थामा आश्रित बालबालिकाहरुका लागि नेपाली कांग्रेस वागमति प्रदेशका प्रमुख सचेतक माननीय राधा घलेले केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई न्यानो कपडा र जुत्ता हस्तान्तरण गर्नु भएको हो ।

आज  एभरेष्ट नेपाल फुटवेयरबाट ४५ जोर जुत्ता र गुराँस स्वेटर उद्योगबाट ३५ जोर उनीको स्वेटर र टोपी हस्तान्तरण गरिएको छ ।

न्यानो कपडा र जुत्ता हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस वागमति प्रदेशका प्रमुख सचेतक माननीय राधा घले, अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालका अध्यक्ष उदय बहादुर लिम्बु, एभरेष्ट नेपाल फुटवेयरका एम.डी. तथा इष्टर्न पोल सहकारीका उपाध्यक्ष योगेन्द्र पाण्डे, गुराँस स्वेटर उद्योगका एम.डी. एवम् नेपाल बजार बिक्रि प्रतिनिधि संघका वागमति प्रदेश अध्यक्ष कुमार तिमल्सिना, इष्टर्न पोल सहकारीका सल्लाहकार सुजन थपलिया लगायतको उपस्थिती रहेको थियो ।

इष्टर्न पोल सहकारीले अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई अघिल्लो वर्ष नगद रु बीस हजार सहयोग गरेको थियो । कार्यक्रममा अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालका अध्यक्ष उदय बहादुर लिम्बुले सहयोगका लागि धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू