शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राजनीति विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताए

पुस २४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको बताएका छन् । बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन् । तिनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ,’ ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन् ।

राष्ट्रपति ट्रम्पले अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दुस्खदायी भएको बताउँदै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले यस पटक भने आफ्नो हार स्वीकार गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू