पुस २४, काठमाडौं । जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ।
कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो। यो आपतकाल एक महिनासम्म जारी रहने छ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका छन्।
Add Comment